भारतका विदेश सचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणमा आउँदै

भारतका विदेश सचिव विक्रम मिस्रीले आज नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएकाे छ । भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा हुने नेपाल भ्रमणका क्रममा द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नुहुनेछ । प्रधानमन्त्री बालेन्द्र शाहकाे भारत भ्रमणका सम्बन्धमा समेत छलफल हुने बुझिएकाे छ ।

दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी मिस्री कात्तिक १९ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

Facebook Comments