चम्पावती हाइड्रोपावरको १७औँ वार्षिक साधारणसभा आज, १६ प्रतिशत नगद लाभांश प्रस्ताव

चम्पावती हाइड्रोपावर लिमिटेडको १७औँ वार्षिक साधारणसभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएकाे छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ।

साधरणासभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफलपछि पारित गरेकाे छ ।

साधारणसभाले लाभाशं वितरण सम्बन्धी प्रस्ताव पारित गरेसँगै चुक्ता पुँजी ४० करोड रुपैयाँको १६ प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्नेछ।

Facebook Comments