राष्ट्रिय बक्सिङ च्याम्पियनशीप अन्र्तगत गण्डकी प्रदेशमा छनौट खेल शुरु

वीर गणेशमान स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनशीप अन्र्तगत पोखरामा गण्डकी प्रदेश स्तरीय छनौट खेलहरु सुरु भएका छन् । छनौट समिती गण्डकीका संयोजक विद्या मर्सानीका अनुसार वीर गणेशमान स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनशीप अन्र्तगत प्रदेशमा छनौट खेल शुरु भएको हो ।

यहि माघ २५–२८ गते सम्म आयोजना हुने राष्ट्रिय स्तरको गणेशमान स्मृती राष्ट्रिय बक्सिङ च्याम्पियनशिपका लागि प्रदेश अन्र्तगत छनौट सुरु गरिएको हो ।

छनौट प्रतियोगितामा कास्की, बागलुङ, नवलपुर, तनहुँ र गोर्खाका महिला तथा पुरुष खेलाडीहरु गरि २५ जनाको सहभागिता रहेको छ । प्रतियोगिहरुले ४८, ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समुहमा प्रतिष्पर्धा गराइने बताइएको छ ।

शनिबार सम्पन्न ५६ केजी पुरुष तर्फको खेलबाट कास्कीका अनिश दर्जीलाई पराजित गर्दै बागलुङका दुधप्रसाद परियार छनौट भएको आयोजकले जनाएको छ । यसै गरि ६० केजी पुरुषमा नवलपुरका छबी राणा बोहरालाई हराउँदै कास्कीका जेनिश गुरुङ छनौट भएको बताइएको छ ।

तस्वीर सुदर्शन रञ्जित

Facebook Comments