अर्घौ अर्चलेलाई साहित्यिक ग्राम बनाउनुपर्छ : पूर्वमन्त्री अधिकारी
पूर्वमन्त्री एवम् प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले कास्कीको अर्घौ अर्चलेलाई साहित्यिक गाउका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा आईतवार कविको जन्मस्थल अघौं अर्चलेमा राखिएको मुल समारोहमा बोल्दै अधिकारीले यस्तो बताउनुभएको हो ।
पोखरालाई साहित्यिक तिर्थस्थलका रुपमा विकास गराउदै यहाँ आउने पर्यटनलाई कविको जन्मस्थल सम्म ल्याउनका लागि यस ठाउलाई साहित्यिक ग्रामको रुपमा विकास गराउनुपर्ने उहाँको धारणा रहेको छ ।
साहित्यकारले जसरी भाषाको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाएका छन् अव हामीले तिनै राष्ट्रिय बिभुतीको सम्मानमा चिन्तनशिल भएर साहित्यिक पर्यटनलाई नेपालमा भित्राउन सक्ने योजना सहित अगाडि वढ्नु पर्ने सुझाव अधिकारीको रहेको थियो ।
सोही अवसरमा प्रज्ञा प्रतिष्ठनका सदस्य सचिव जगत प्रसाद उपाध्यायले साहित्यलाई माया गर्नेहरुलाई अर्घौ अर्चलेसम्म ल्याउने वातावरण सृजना गर्नका लागि यो ठाउलाई साहित्यिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गराउनुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा कवि पौडेलकी नातिनी डाक्टर प्रतिभा पाण्डे, नाती पुर्व गर्भनर डा.विजयनाथ भटराई, साहित्यकार सनत कुमार वस्ती, किरण श्रेष्ठ, सुर्य खड्का विखर्ची, लेखनाथ नगरपालिका पुर्व मेयर शालिकग्राम पौडेल लगाएतले कविको सम्झनामा राष्ट्रिय स्तरमा देखिने काम गर्नु पर्ने सुझाव दिएका थिए ।
लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकास लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश सासंद दिपक कोईराला, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, सम्मानित ब्यत्तित्व पत्रकार वसन्तराज अधिकारी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, प्रतिभा छनोट समितिका संयोजक डा. सुक्र अधिकारी,लायन्स क्लव अफ लेखनाथका सदस्य शिवप्रसाद लामिछाने, वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, साहित्यकार विनय नेपाल लगाएतले आ आफनो धारणा राखेका थिए ।

