छोरेपाटन मा.बि. को ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न
पोखरा १७ छोरेपाटन मा अबस्थित छोरेपाटन मा.बि. को ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बिद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ मा बिद्यालय जाने उमेर समुहका कुनै पनि बालबालिका बिधालय क्षेत्र बाहिर नरहेको घोषणा समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका का प्रमुख मान बहादुर जि.सि ले वडा नम्बर १७ लाई बिद्यार्थि भर्ना सुनिस्चित क्षेत्र घोषणा गर्नुभएको थियो । घोषणा संगै कार्यक्रममा उपस्थित शिक्षाबिद ,अभिभावक तथा सरोकारवाला हरुले घोषणापत्र र ब्यानरमा हस्ताक्षर गरेका थिए ।
वार्षिकोत्सव तथा अभिभावक समारोहमा बिद्यालयका प्रधान्याध्यापक लक्ष्मण थापाले बिद्यालयको वार्षिक प्रतिबेदन र लेखा अधिकृत छवि पनेरुले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
महानगरपालिका प्रमुख मान बहादुर जि.सि प्रमुख अतिथी रहेको कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापा, महानगरपालिका शिक्षा बिभाग प्रमुख हेमप्रसाद आचार्य , छोरेपाटन मा.बि श्रोत केन्द्रका श्रोत ब्यक्ति तोल प्रसाद अर्याल, महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष तिर्थ राज अधिकारी लगायत भूतपूर्व बिद्यार्थि, शिक्षक, समाजसेबी र सरोकारवालाहरुको उपस्थित रहेको थियो । आयोजित कार्यक्रममा बिद्यालयलको शैक्षिक उन्नयन मा सहयोग पुर्याउने विभिन्न महानुभाबहरु लाई सम्मान समेत गरिएको थियो ।
बिद्यार्थि हरु द्वारा बिबिध रचनात्मक , सन्देशमुलक र मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरिएको कार्यक्रममा बिज्ञान प्रदर्शनी का उत्कृष्ट बिद्यार्थि समुहलाइ पुरस्कृत गरिएको थियो । बिद्यालयका शिक्षक द्वय मेघनाथ पौडेल र दिब्बेश्वरी रेग्मीले संचालन गर्नुभएको वार्षिकोत्सव मुल समारोह कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झपिन्द्र राज रेग्मीको सभापतित्व मा सप्पन्न भएको थियो ।

यसैबीच , बिद्यालयको ४० औं बार्सिकोत्सब को अबसरमा छोरेपाटन मा. बि. युवा तथा जुनियर रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा २३ युनिट रगत संकलन भएको थियो । पोखराकै उत्कृष्ट सामुदायिक बिद्यालय छोरेपाटन मा. बि. मा हाल कुल २३ सय बिद्यार्थी अध्ययनरत छन् । बिद्यालयमा दस जोड दुई तर्फ बिज्ञान , ब्यबस्थापन , मानबिकी र शिक्षा गरि ४ संकायमा पठनपाठन हुँदै आएको छ ।

