सूर्य ब्यानरको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘चौका दाउ’ रिलिज हुँदै

सूर्य ब्यानरको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘चौका दाउ’ यहि पुस २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । चार चौकेहरुको कथामा निर्माण भएको फिल्म युनिट प्रचारप्रसारका लागि अहिले उपत्यका बाहिर दौडाहामा निस्किएको छ ।

पोखरामा बिहीबार पत्रकार सम्मेलन गरि फिल्मका कलाकारहरु सन्तोष पन्त, वर्षा राउत, निर्देशक पुर्णेन्द्र झाको उपस्थिति फिल्म सम्बन्धि जानकारी दिइएको छ । समाजमा रहेका फरकफरक मान्छेको रोजाई चाहना एउटै हुन सक्छ भन्ने विषयनै ‘चौका दाउ’ रहेको निर्देशक पुर्णेन्दु झाले जानकारी दिनुभयो । चौका दाउ पुर्णतया हास्यप्रधान सामाजिक कथा भएको फिल्म रहेको उहाँको भनाई छ ।

फरक चार चौकेहरुलाई आफ्नो औंलामा नचाउने क्यारेक्टरमा नायिका वर्षा राउतको भूमिका रहेको छ । फिल्ममा उर्वसी पात्रमा प्रस्तुत वर्षा आफूँ पनि यो फिल्मबाट आशावादी रहेको बताउनुभएको छ । चार चौकेहरु मध्य प्रमुख चौकेको भूमिकामा कलाकार सन्तोष पन्तको भूमिका रहेको छ ।

फिल्म ‘चौका दाउ’ मा सन्तोष, वर्षासँगै, रविन्द्र झा, विल्सनविक्रम राई, निर्मल शर्मा, तैयब शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ । संगीतकार शम्भुजित बास्कोटाको सँगीत रहेको फिल्मको गीतमा बसन्त श्रेष्ठ र भिमफेदी गाईजको नृत्य निर्देशन रहेको छ ।

Facebook Comments