सहमतिविपरित चिकित्सा शिक्षा विधेयक तयार : डा.केसी

फाइल फाेटाे

डा. गोविन्द केसीले आफूसँग भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास नभए पुनः अनशन थाल्ने चेतावनी दिनुभएको छ । डा.केसीले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी पुनः अनशन थाल्ने चेतावनी दिनुभएको हो ।

सहमतिविपरित संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तयार गरेको भन्दै समितिले त्यसलाई सुधार नगरे पुनः अनशन थाल्ने केसीको भनाई थियो । उहाँले आफूसँग सरकारले सहमति गरेको र संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापतिले समेत प्रतिबद्धता जनाएकाले अघिल्लो अनसन तोडेको स्मरण गर्दै अहिले फेरि माफियाको चंगुलमा परेर विधेयक परिमार्जन गर्न लागिएको आरोप लगाउनुभयो ।

संसदीय समितिले उपसमितिको मस्यौदा परिमार्जन नगरे पूर्वनिर्धारित समयअघि नै अनसन थाल्ने उहाँले चेतावनी दिनुभयो । डा. केसीले अबको आफ्नो अनसन बलात्कारजस्ता जघन्य हिंसाका घटना ढाकछोप गर्ने विरुद्ध हुने चेतावनी दिनुभयो । केसीले विगतका मागसमेत अबको सत्याग्रहका ३ बुँदे मागसमेत सार्वजनिक गर्नुभएको छ ।

Facebook Comments