लायन्स क्लव ब्युटि सिटीद्वारा निशुल्क दन्त शिविर सम्पन्न

लायन्स कल्ब अफ पोखरा ब्युटि सिटीले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ भन्ने नाराका साथ कास्कीको अन्नपुर्ण गाउँपालिका वडानं १ महेन्द्र आधारभुत बिधालय नाँगडाडाँमा निशुल्क दन्त शिविर गरिएको हो ।

शिविरमा १ सय ४० जना विद्यार्थी तथा अभिभावकले सेवा लिएका क्लबका सचिव लायन सबी गौचन शेरचनले जानकारी दिनुभयो । शिविरमा अर्किड डेन्टल तथा अर्थोडेन्टिक सेन्टर, रानीपौवाका डा.शामीन शेरचनले दन्तपरिक्षण गर्नुभएको थियो ।

अन्नपुर्ण गाउँपालिका वडानं १ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भरतजगं कुवंरले लायन्स क्लब ब्युटि सिटीले विद्यार्थीलाई केन्द्रीत गरेर शिविर आयोजना गरेकोमा आभार प्रकट गर्नुभयो ।

उहाँले लायन्स क्बलहरुले गर्ने सामाजिक कामले समाज र सरकारलाई सहयोग पुगेको उल्लेख गर्नुभयो । क्लबका अध्यक्ष लायन नवीना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन सवी गौचन शेरचनले गर्नुभएको थियो भने कार्यक्रमका संयोजक लायन कल्पना सिग्देलले स्वागत मन्तब्य ब्यक्तगर्नु भएको थियो ।

Facebook Comments