फिर्केको मापदण्ड ३ मिटर कायम गर्न महानगरपालिकाको ध्यानाकर्षण

फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिद्धारा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गर्न माग गरेको छ । समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) ले आईतबार मागपत्र पेश गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराउनुभएको हो ।

उक्त ध्यानाकर्षण पत्रमा लामो समयदेखि फिर्केको व्यवस्थापन हुन नसकेको जन प्रतिनिधि आएपछि यसको न्यायसंगत व्यवस्थापन हुनेमा आशावादी रहेपनि त्यसो हुन नसकेको उल्लेख छ । हाल विभिन्न सञ्चार माध्यमबाट फिर्केको मापदण्ड १० मिटर बनाउन लागिएको जानकारी आएकोले स्थानीय वासिन्दामा अन्यौल सृजना भएको वताईएको छ ।

साथै पत्रमा जनप्रतिनिधिहरुबाट कहिले व्यक्ति, समुदाय, संघसंस्था, धार्मिक, साँस्कृतिक, समाज, शैक्षिक संस्थाका घरजग्गामा जथाभावी चिन्ह लगाउने, कहिले अस्पष्ट मापदण्ड तोक्ने कार्यले सरोकारवालाहरुको सम्पत्ति माथि दाग लगाउने कार्य भएको स्थानीयको ठम्याई छ ।

Facebook Comments