एनपिएलः जनकपुर बोल्ट्सकाे दाेस्राे जीत, पाेखरा ९ रनले पराजित

जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित निकालेको छ । पाेखराले भने जारी यस संस्करणमा लगातार दाेस्राे हार बेहाेरेकाे छ ।

जनकपुरले आइतबार पोखरालाई ९ रनले पराजित गरेको हो । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाएकाे थियाे ।

Facebook Comments