हिउ पर्न थालेपछि उत्तरी गोरखाबाट भेडाबाख्रा बेसी झारिदैं

चिसो बढेसँगै उत्तरी गोरखाका किसानहरुले आफ्ना भेडाबाख्राहरु बेसी झार्न थालेका छन । हिउँदको समयमा गोरखाको उत्तरी क्षेत्रहरुमा हिउँ पर्ने र चरन क्षेत्रको अभाव हुने भएकाले किसानहरुले भेडाबाख्राहरु चराउनका लागि बेसीतिर झारेका हुन ।

उनीहरुले चिसो बढेसंगै भेडाबाख्रालाई बारपाकको बाटो हुदै लमजुङसम्म पुर्याउने र गर्मी शुरु भएपछि पुन लेकमा चराउन पुर्याउने गरेका छन । लेकमा चराउदा जडिबुटिहरु खाने भएकाले उत्तरी क्षेत्रमा पालिएका भेडाबाख्राहरुको मासु खान उपयुक्त हुने गर्दछ । बेसी झार्ने क्रममा भेडाको ब्यापार पनि राम्रो हुने गरेको उनिहरु बताउछन ।

भेडाबाख्रा पालन यहाँको पुख्र्यौली पेशा भएको गोरखा जिल्ला चुमनुब्री गाउपालिका वडा नं ३ स्थित पाङ्गसीङका किसान कालु गुरुङले जानाकारी दिनुभयो । मुख्यगरि खेतबारीमा मलको लागि भेडाबाख्रा पालिदै आएको भएता पछिल्लो सयममा भेडाबाख्रा विक्रीबाट कृषकहरुले राम्रो आय आर्जन गर्न सफल हुने गरेका छन् ।

गुरुङका अनुसार भेडाबाख्राबाट मासुसंगै दूध, घिउ तथा दुधबाट बन्ने महंगो परिकार भनेर चिनिने चिज पनि उत्पादन गर्ने गरेका छन । कृषकले एक सय देखि चार पाँच सयसम्म भेडाबाख्रा पाल्ने र त्यसबाट बार्षिक ५ लाखसम्म आम्दानी गर्ने गर्दछन् ।

कृषकहरुले भेडाबाख्रा पालनका आधुनिक सिप प्रविधि एवं उचित व्यवस्थापन नहुँदा परम्परागत ढंगले भेडाबाख्रा पालन गर्दै आइरहेका छन । सरकारले यहाँका किसानहरुलाइ भेडाबाख्राका बासस्थान, दाना, सम्भावित रोग र त्यसको उपचार लगायतको क्षत्रमा उचित सिपको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने कृषकहरुको माग छ ।

Facebook Comments