पोखरा महोत्सव : प्रदेश स्तरीय लोकदोहोरीको उपाधि स्याङजालाई
पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधिसँगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले दोश्रो स्थान सहित नगद २५ हजार सहित प्रमाण पत्र प्राप्त गर्र्न सफल भयो भने लोकदोहोरी प्रतिष्ठान गोर्खाले द्धितिय हुदै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्कीले शान्तवना स्थान हासिल गर्दै नगद ८ हजार र प्रमाण पत्र प्राप्त गर्न सफल भयो ।
ब्याटलमा झुमे दर्शक
अमरसिंह चौरमा जारी पोखरा महोत्सवको एघारौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुत र प्रीति आलेको ब्याटल दोहोरीले महोत्सवमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन लिएका थिए भने सपुतको बोल माया र आलेको बामरी बोलको गीत मार्फत समेत दर्शकले मनोरन्जन लिएका थिए ।

महोत्सवमा सोमबार चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतको प्रस्तुतीका साथै सांस्कृतिक कार्यक्रमतर्फ तरेली सांस्कृतीक परिवारको सांस्कृतीक नृत्य प्रस्तुती रहेको थियो ।
सोमबार सांझ स्थानिय ड्रिमर्स ब्याण्ड र सबिन राई एण्ड द फेरोहको लाईभ ब्याण्ड प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ शंकर बिरही गुरुङ, शिवहरी ढुंगाना, परशुराम अधिकारी, ज्ञानेश्वर सुवेदी, दिलु लामा, दिल कुमारी मोक्तान, पुजा गुरुङ, टेक क्षेत्री, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय आयाम ब्याण्ड र सुशान्त केसीको प्रस्तुती रहने महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको अन्तिम दिन सम्म आइपुग्दा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न हुने क्रममा रहेको महोत्सव सुरक्षा ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाको भनाई छ । महोत्सवमा राखिएको शर्प संरक्षण सम्बन्धी जानकारी लिने र महोत्सव स्थलबाटै पोखराको लेखनाथमा निर्माणाधिन चिडियाखाना पोखरा जुलोजिक पार्क हेर्न जानेको समेत उल्लेख्य भीड लागेको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै एक हजार जनाले जुलोजिकल पार्क अवलोकन गरेका छन् ।

