अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गर्ने क्रम शुरु

अमेरिकामा आगामि बर्ष हुने निर्वाचनलाई लक्षित गरे राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यस्तैमा अमेरिकी सिनेटर कमला ह्यारिसले सन् २०२०मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिनुहुने भएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उहाँले राष्ट्रपति उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले अमेरिकी मूल्य मान्यताका लागि अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने नाराका अगाडि सार्दै राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । ह्यारिसले सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश जारी गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सान फ्रान्सिस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहिसक्नुभएकी ह्यारिस दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वा्चित हुनुभएको थियो । अमेरिकामा झन्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुँदै छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । (एजेन्सी)

Facebook Comments