पोखरा महानगर नगरसभा : विभिन्न ८ वटा कानुनका मस्यौदा पेश

पोखरा महानगरपालिकाको चौथो नगरसभा शुक्रबार सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आठ वटा कानूनका मस्यौदा प्रस्तुत गरिएको भएको छ । नगर सभामा महानगर विधायन समितिका संयोजक शोभामोहन पौडेलले विधेयकहरु सभामा प्रस्ततु गर्नुभएको हो ।

सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत भयो ।

नगरसभामा बोल्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै संघ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताउनुभयो । उहाँले नगर सदस्यहरुले मस्यौदा अध्ययन गरेर आवश्यक र महत्वपूर्ण विषय संसोधनका लागि सुझाव दिन अनुरोध गर्नुभयो ।

जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनँले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । मस्यौदा अध्ययनका लािग शनिबार एक दिन समय दिदैं नगरसभा आइतबार विहान ११ बजेटसम्मका लागि बैठक स्थागित भएको छ ।

विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी आइतबारै सभाबाट पारित गरिने कार्यक्रम रहेको छ । नगरसभा बोल्दै नेपाली काँग्रेसका सचेतक रामजारज लामिछानेले विधेकका मस्यौदा अध्ययनका लागि एक महिना अगाडी नै दिनुपर्ने बताउनुभयो । महानगरपालिकाले यसअघि ३९ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।

नगर सभाबाट पारित भएका कानुनहरु स्थानीय राजपत्रमा प्रकाशित भएर प्रमुखले प्रमाणित गरेपछि कार्यान्वयनमा आउँने गर्दछ । यसैवीच नगरसभामा पोखरा महानगरपालिकाले प्रकाशन गरेको त्रैमासिक पत्रिका पोखरा दर्पणको विमोचन गरिएको छ ।

महानगरको परिचय, निर्वाचित जनप्रतिनिधि आएपछि भएका कार्य, आगामी योजना लगायत महानगरको बारेमा समेटेर तयार पारिएको उक्त पत्रिकाको महानगरका प्रमुख मानबादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले संयूक्त रुपमा विमोचन गर्नुभयो ।

Facebook Comments