राष्ट्रियसभाको बैठक बस्दै

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ ।

यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

साथै दिंवगत कांग्रेस वरिष्ठ नेता एवं संविधानसभा सदस्य गाेपालमान श्रेष्ठकाे निधनप्रति शाेकप्रस्ताव समेत कार्यसूचीमा समावेश छ ।

Facebook Comments