कोटेश्वर कलंकी सडक सरकारलाई हस्तान्तरण
काठमाण्डौं उपत्यका चक्रपथ सडक आयोजना अन्तर्गतको कलंकी –कोटेश्वर सडक विस्तारको काम सकेर सरकारलाई हस्तान्तरण गरिएको छ । चीनको संघाई ग्रुपले २०७० असारदेखि विस्तारको काम सुरु गरेकोमा पाँच वर्षमा सरकालाई हस्तान्तरण गरेहो हो ।
सोमबार ललितपुरमा आयोजित एक समारोहबीच नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गर्नुभएको हो । चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको थियो ।
०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण कम्पनीले लक्ष्य अनुसारको काम गर्न भने सकेको थिएन । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड १०.३९ हस्तान्तण गरेको हो ।
Facebook Comments

