इलेक्ट्रोनिक्स व्यवसायी संघको बार्षिकोत्सवका अवसरमा रक्तदान
पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्यवसायी संघको १८ औं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम बार्षिक रुपमा गरिने संघका मिडिया संयोजक जगदिश लामिछानेले जानकारी दिनुभयो । सो अवसरमा ३१ युनिट रगत संकलन भएको पनि उहाँले जानकारी दिनुभयो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पहिलो रक्तदाता एवं संघका प्रथम उपाध्यक्ष दधिराम दाहाललाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सामाजिक क्रियाकलापमा व्यवसायिक संघ संस्था संलग्न हुनुपर्ने बताउनुभयो ।
रक्तदान कार्यक्रमको संयोजन होमविलाश सापकोटाले गर्नुभएको थियो । उदयबहादुर केसी(लाहुरे दाई)को अध्यक्षतामा कार्यक्रम गरिएको हो । संघले हरेक बर्ष माघ १५ गते सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्ने गरेको छ ।

