जन्मदिनमा मानव सेवा आश्रममा सहयोग
जन्मदिनको अवसर पारेर पर्वत कुष्माका दिया चापागाइले मानवसेवा आश्रममा सहयोग गर्नुभएको छ । हाल इजरायलमा रहेकी दियाले छोरी नम्रताको जन्मदिनको अवसर पारेर आश्रममा खाद्यान्न तथा लत्ता कपडा सहयोग गर्नुभएको हो ।
आश्रममा ६५ जना बृद्धबृद्धा तथा ५ जना अनाथ बालबालिकाहरु रहेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा सुवेदीले मानवसेवा नै सबैभन्दा ठुलो सेवा भएको बताउनुभयो । उहाँले मानव भएर मानवको सेवा गर्नु नै सबै भन्दा पुण्य काम भएकोले यस्तो कामले नै मानवता जाग्ने उल्लेख गर्नुभयो ।
Facebook Comments

