मनकामना केबलकार पोखरा कपमा क्वाटर फाइनलका खेल हुँदै

छैटौं संस्करणको मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत आइतबारबाट पहिलो क्वाटर फाइनल हुँदैछ । क्वाटर फाइनलको पहिलो खेल थ्रि स्टार र शसस्त्र प्रहरीवीच हुने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिता २ विदेशी सहित १२ टिम सहभागी रहेका छन् ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई पाँचौ सस्करणको भन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

त्यस्तै उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, उत्कृष्ट पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

१२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च र १ करोड २८ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । संघले फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मान स्वरुप मोटरसाईकल प्रदान गर्ने जनाएको छ ।

Facebook Comments