गोर्खामा लायन्स क्लबको आयोजनामा हेल्थ क्याम्प तथा आखाँ जाँच शिविर सम्पन्न
लायन्स क्लवहरुको संयुक्त आयोजनामा गोर्खाको फिस्लिङ्गमा रहेको दलभन्ज्याङ्ग गाउँमा “मेघा हेल्थ क्याम्प तथा आखाँ जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, गोल्डेन चौतारी, सुन्दरनगरी, डल्फिन, दर्शन, गोल्डेन सोसाइटी र लामाचौरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३२५ बि १ नेपालका डिष्ट्रिक चिफ पि.आर.ओ लायन परमेश्वर बराल, विशेष अतिथि एन.एल.एफ डिपार्टमेन्ट चिफ लायन मिलन थापा, कार्यक्रम सञ्चालन लायन सन्जु भण्डारी, अध्यक्षता लायन शोभाखर भण्डारी, व्यवस्थापन लायन उमेश देवकोटाले गर्नुभएको थियो ।

शिविरमा करिब छ लाख बराबरको निशुल्क औषधी वितरण गरिएको थियोे भने स्थानीय चेपाङ बस्तीमा ४५० महिलाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । २०० जनाले आँखा जाँच शिविरमा उपचार गराएको लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष लायन दिनेश तुलाचनले जानकारी दिनुभयो ।

