सरकारले न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन्छ : मन्त्री बाँस्कोटा
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताउनुभयो ।
विरोध भएपनि सरकारले यसको कार्यान्वयन गरेरै छाड्ने उहाको दाबी थियो । आफू पनी पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने मन्त्री बाँस्कोटाले बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधरणसभा तथा पुरस्कार वितरण कार्यक्रमलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले प्रेस सम्बन्धि कानुनका बिषयमा अध्यारो कोठामा बसेर हतियार नचलाउन आग्रह समेत गर्नुभयो ।
उहाँले सरकारले ल्याएका प्रेस सम्बन्धि ऐनका बिषयमा अध्यारो कोठामा बसेर अनावश्यक हल्ला मच्चाइएको बताउनुभयो । मन्त्री बाँस्कोटाले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत्ती भरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको उल्लख गर्नुभयो । मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरी सरकार ऐन कानुन निर्माणमा जुटेको बताउनुभयो ।
आफू पनी पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने मन्त्री बाँस्कोटाले बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधरणसभा तथा पुरस्कार वितरण कार्यक्रमलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले प्रेस सम्बन्धि कानुनका बिषयमा अध्यारो कोठामा बसेर हतियार नचलाउन आग्रह समेत गर्नुभयो ।