सरकारले बेरोजगार नागरिकको तथ्याङ् संकलन गर्ने

सरकारले आगामी चैत महिनादेखि बेरोजगार नागरिकको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । हरेक स्थानीय तहमा रोजगार कार्यक्रम संयोजक भर्ना गरी तथ्याङ्क संकलन गर्ने सरकारको तयारी छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले सकेसम्म सवै बेरोजगारीलाई रोजगारी दिने तर काम नै दिन नसकिएको अवस्थामा मात्र बेरोजगारी भत्ता उपलब्ध गराउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०७९÷८० सम्ममा बाध्यकारी रोजगारी रोक्ने लक्ष्य लिएको छ । यसका लागि युवा लक्षित निर्वाह भत्तादेखि अनिवार्य रोजगारीका साथै उद्यमी बन्न सहुलियत ब्याजदरमा ऋण प्रवाहसम्मको सुविधा दिने उद्देश्य सरकारले लिएको छ ।

Facebook Comments