नेपालगंजमा मुस्लिम धार्मिक सम्मेलन

दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम जारी रहेको छ । दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले शनिबार सम्मेलनलाई सम्बोधन गर्नु भएको छ ।

कार्यक्रममा भारत, बगलादेश, यूएइ, अमेरिका, पकिस्तान सहित दर्जनौ देशका धार्मिक ज्ञाताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रम जारी रहेको दाउते इस्लामी नेपालका अध्यक्ष रमजान अलि मियाले जानकारी दिनुभयो ।

दाउते इस्लामीले आयोजना गरेको सम्मेलनले धार्मिक मात्रै हैन, यसले समाजमा मेलमिलाप र सदभाव अझै बढाउने आयोजकको दावी रहेको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

दाउते इस्लामी नेपालले आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलन सोमबार सामूहिक प्राथना सहित समापन हुने जनाइएको छ । सम्मेलन समापनका क्रममा दाउते इस्लामी नेपालममा अध्ययन गरेका बिद्यार्थीहरुलाई इस्लामीक उपाधी दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले प्रदान गर्ने बताइएको छ ।

Facebook Comments