एपिएफ आहा रारा गोल्ड कपको सेमीफाइनलमा प्रवेश
विभागीय टाेली सशस्त्र प्रहरीको एपिएफ टिम १७औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपिएफ सेमीफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत खेलको ६८ औं मिनेटमा एपिएफका ७७ नं. जर्सीका खेलाडी प्रदिप लामाले सन्ताेषा श्रेष्ठकाे कर्नर पासलाई हेड मार्फत् गोलमा परिणत गरेका थिए । आइतबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबवीच प्रतिस्पर्धा हुँदैछ ।
Facebook Comments

