प्याराग्लाइडिङ दुर्घटनाका घाइतेको काठमाण्डौमा उपचार हुँदै

पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि गम्भीर घाइते भएका ललितपुरका अतित मैनालीलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । दुर्घटनामा परि ललितपुर महानगरपालिका ७ बागडोलका २९ बर्षीय मैनाली घाइते भएपछि हेलिकप्टर मार्फत् उद्दार गरी उपचारका लागि काठमाण्डौ लगिएको हो ।

सोलो पाइलट मैनालीले पोखरा १८ सराङकोटमा प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक उपरीक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार मैनालीको काठमाण्डौ ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Facebook Comments