नोबेल पुरस्कारका लागि योग्य छैन ः पाकिस्तानी प्रधानमन्त्री खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्तिका लागि नोबेल सम्मान पाउन आफू योग्य नरहेको बताउनुभएको छ । भारतीय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन वर्तमानलाई सकुशल भारतलाई फिर्ता गरेपछि पाकिस्तानी प्रधानमन्त्रीलाई इमरान खानलाई नोबेलको शान्ती सम्मान दिलाउने अभियान सुरु गरिएको थियो ।

त्यस्तो अभियानबारे जानकार इमरानले भने आफू नोबेलको शान्ती सम्मान पाउनका लागि योेग्य नभएको बताउनुभएको हो । उहाँले काश्मिरका नागरिकको इच्छा अनुसार काश्मिर विवाद समाधान गर्न र पूरै महाद्वीपमा शान्ती र मानवताको विकासको लागि बाटो बनाउन आग्रह समेत गर्नुभयो ।
Facebook Comments

