भारत पाकिस्तान रेलसेवा सुचारु
विवादका कारण केही दिनदेखि अबरुद्ध भएको भारत–पाकिस्तानबीचको रेल सेवा पुनः मंगलबारदेखि सुचारु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
२ देशवीच पछिल्लो समयमा बढेको तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । सम्झौता एक्सप्रेसको रेल अत्तारी रेल स्टेशन पुगेको भारतीय अधिकारीले जानकारी दिएका छन् । पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको जानकारी दिएका छन् ।
भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको थियो । जसका कारण हवाइ सेवा तथा रेल सेवासमेत अवरुद्ध भएको थियो ।
Facebook Comments

