सीके राउतलाई साधरण तारेखमा रिहा गर्न सर्वाेच्चकाे आदेश
राज्यविरुद्ध सङ्गठित कसुर मुद्दामा नियन्त्रणमा रहेका सीके राउतलाई सर्वोच्च अदालतले साधरण तारेखमा रिहा गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
राउतलाई यसअघि राज्यविरुद्ध सङ्गठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । डा.राउतका दाजु जयकान्त राउतका अनुसार सर्वोच्चको आदेशले अब राउतले साधारण तारेखमै मुद्दा खेप्ने सुविधा पाउनु भएको छ ।
Facebook Comments

