नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता
नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बन्न सफल भएकाे छ । विराटनगरको सहिद रंगशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल समूह विजेता बनेको हो ।
नेपालका लागि खेलको छैटौँ मिनेटमा बंगलादेशले आत्मघाती गोल उपहार दिएको थियो । खेलको २३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता २–० बनाउनु भएको थियो । तेस्रो गोल खेलको २८ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले गर्नुभयो ।
त्यसपछिको बाँकी समय र दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन । समूह बी को उपविजेतासँग आगामी बुधबार नेपालले खेल्नेछ । भोलि समूह बीको अन्तिम खेलमा श्रीलंका र भारत खेल्नेछन् ।
Facebook Comments

