तराई मधेशमा होली मनाइँदै

फागु पूर्णिमा अर्थात् होली पर्व आज तराई मधेशका विभिन्न जिल्लामा मनाइँदैछ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली जिल्लाहरुमा बुधबार होली पर्व मनाइएपनि तराई मधेमा आज फागु पुर्णिमा अर्थात् होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने प्रचलन रहेको छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैं जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

तराईका धनुषा, सर्लाही, बारा, पर्सा, झापा, मोरङ, सुनसरी, नवलपरासी लगायतका जिल्लामा आज बिहानैदेखि होली मनाउनेहरुको चहलपहल बढेको छ । होली पर्वलाई संयमित बनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको प्रहरीले जनाएको छ । होली पर्वको अवसरमा प्रदेश नम्बर २ मा दुई दिन सार्वजनिक विदा दिइएको छ ।

Facebook Comments