देशभरको मौसममा बदली, पोखरामा बर्षा
देशभरको मौसममा बदली आएको छ । पोखरा सहित देशका बिभिन्न स्थानमा अहिले मेघ गर्ज सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार राती पनि केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औंल्याएको छ ।
महाशाखाका अनुसार मंगलबार राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
Facebook Comments

