लिवियामा संकटः विद्रोही र सरकारी सेना आमने सामने

अफ्रिकि मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ । सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो ।

सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । योसँगै विद्रोही सेना त्रिपोलीबाट करिब ५० किलोमिटर नजिक पुगेको छ । जहाँ उनीहरुको अन्य सशस्त्र समूहहरुसँग संघर्ष भइरहेको बताइएको छ ।

राजधानी त्रिपोलीबाट लिवियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ । जसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सहयोग गर्दै आएको छ । लिवियामा राजनीतिक संकट देखिएसँगै संयुक्त राष्ट्रसंघ, धनी देशहरुको समुह जि सेभेन लगायतले सैन्य मुठभेडमा नजान आग्रह गरेका छन् । विद्रोही नेतालाई सैन्य मुठभेड नगर्न उनीहरुले चेतावनी दिएका हुन् ।

एजेन्सीको सहयोगमा

Facebook Comments