स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलाेकन गर्नेकाे संख्या बढ्दै(फाेटाे फिचर)
स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन गरेका छन् । गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ भागबत प्रकाश मल्ल सहित स्याङजा र पोखराका पत्रकार भीरकोट नगरकापालिकाका जनप्रतिनिधि,नेपकाका नेता , स्थानीय नागरिक लगायतले गुफाको अबलोकन गरेका हुन् ।

भीरकोट नगरपालिकाले गुफा परिसरमा गुफा अध्ययन अवलोकन तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर यो अबसर जुराएको हो ।
२०५० साल तिर पत्ता लागेको गुफामा ४ पाँच घण्टा हिड्दा पनि गुफाको अन्त्य भेट्न नसकिएकाे भिरकोट नगरपालिका वडानं ९का अध्यक्ष भीम गुरुङले जानकारी दिनुभयाे ।

पर्यटकीय क्षेत्रको रुपमा अथाह सम्भावना हुदा हुदैपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुफाको प्रर्वद्धन गर्नको लागि भीरकोट नगरपालिका लागि परेको छ । नगरपालिका गुफाको बृहत गुरुयोजना बनाउने र पार्क निर्माण गर्ने योजना मा रहेको भीरकोट नगरपालिकाका मेयर छायाराम खनालको भनाई छ ।

भीरकोटको वडानं ८ र ९को सिमानामा पर्ने गुफा ठुली भञ्ज्याङको नजिकै रहेको छ । जमिनको सतह बाट अन्दाजी एक सय मिटर जति खाल्डोमा सिढी मार्ग र फलामको भर्या हुदै झरेपछि गुफा भित्र प्रवेश गर्न सकिन्छ ।

गुफा भित्र ढुङगाका विभिन्न आकृति रहेको छ भने कतै प्रवेश गर्ने बाटो अप्ठेरो भएपनि धेरै ठाउँमा सजिल्लै हिड्न सकिन्छ ।

गुफामा तीन वटा पोखरी रहेको छ भने ९ सय मिटर भित्र प्रवेश गरेपछि भित्रै मैदान जस्तो झण्डै एक सय जना मान्छे अट्ने ठाउँ रहेको स्थानीयकोे भनाई छ ।

गुफामा पाँच फिट भन्दा अग्ला शिव लिङपनि देख्न सकिन्छ । गुफा विजुली बत्तीको राम्रो ब्यबस्था , केही अप्ठेरो लाई सहज बनाउदै प्रचार प्रसार हुन सके उक्त गुफा गण्डकी प्रदेशकै एक नयाँ गन्तब्य बन्ने देखिन्छ ।

