१७ औं संस्करणको आहा रारा गोल्डकप फागुनमा ९ देखि सञ्चालन हुने

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करण आगामी फागुन ९ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ सञ्चालन हुने आमन्त्रित अन्तरक्लबस्तरीय प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

सहारा क्लब पोखराद्वारा आयोजना गरिने प्रतियोगितामा विदेशी टोली, ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्रका टिमहरु र आयोजक सहारा क्लब पोखरा सहभागी हुनेछन् । प्रतियोगितामाबाट वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

पोखरा—१७, दोविल्लामा सञ्चालित एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । क्लबले विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत प्रदान गर्दै आएको छ ।

क्लबका महासचिव विश्वराज बरालले विज्ञप्ति जारी गर्दै एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै फुटबल प्रतियोगिता रहेको उल्लेख गर्नुभएको छ । मोफसलमा सञ्चालन हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

प्रतियोगिताको मुख्य पोखरालाई खेलकूद पर्यटनको केन्द्रका रुपमा िवकास गराउने र नवप्रतिभावान खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउनु रहेको क्लबले जनाएको छ । ‘आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब स्थापना गरिएको थियो ।

Facebook Comments