विन्ध्यबासिनी माविले विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाउने

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यबासिनी मा.वि आफ्नो ७२औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । यही पुस २७ गते हुने वार्षिकोत्सवको अवसरमा विद्यालयले पुस २२ गते देखि २७ गतेसम्म रक्तदान तथा वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेर मनाउन लागेको प्रधानाध्यापक कृण्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

विद्यालयले २२ गते खुला रक्तदान कार्यक्रमका साथै २६ गतेसम्म खेलकुद र २७ गते मूल समारोहको आयोजना गरेको हो । मूल समारोहमा विद्यालयले भू.पु विद्यार्थी एवं युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा,गण्डकी प्रदेशका सासंद कुमार खड्का,प्रभा कोईराला, पुष्पा के.सी भण्डारीलाई सम्मान गर्ने जनाएको छ ।

सोही समारोहमा विद्यालयको मुखपत्र विन्ध्यबासिनी दर्पण अकं– २ को पनि विमोचन गरिने प्रचार संयोजक राम ब.बाँनियाले जानकारी दिनुभयो ।त्यस्तै मूल समारोहमा छात्रवृति वितरण,शैक्षिक तथा खेलकुद पुरस्कार वितरण र विज्ञान प्रर्दशनी पनि गरिने बताईएको छ ।

वार्षिकोत्सवलाई व्यवस्थित गर्न विद्यालयले शिक्षक कर्मचारी संलग्न विभिन्न १३ वटा उपसमिति गठन गरेको छ ।गठित उपसमितिले आ–आफ्नो कार्यलाई तिब्रता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिनुभयो ।

Facebook Comments