नेपाल पर्यटन बोर्ड २० औं वर्षमा प्रवेश
नेपाल पर्यटन बोर्ड स्थापनाको २० औं वर्षमा प्रवेश गरेको छ । २० औं बर्ष प्रवेशका अवसरमा पोखरामा एक कार्यक्रको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन उद्योगका लागि सरकारले आधार वा वातावरण बनाईदिने तर लगानी भने निजी क्षेत्रले गर्नुपर्ने बताउनुभएको छ ।
निजी क्षेत्रले पर्यटनका विषयमा उठाएका सबाल प्रदेश सरकारले बनाउने पर्यटन नीति र ऐनमा समेटने उहाँको भनाई रहेको छ । नेपाल प्राकृतिक हिसावले सुन्दर भएपनि त्यसको उचित बजारीकरण गर्न नसक्दा पर्यटन उद्योगले सोचेजति प्रतिफल हाँसिल गर्न नसकेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा बोल्ने निजी क्षेत्रका प्रतिनिधिहरुले पर्यटन बोर्डले नेपालको प्रबद्र्धन गर्ने कार्यमा गति बढाउनुपर्ने सुझाव दिएका थिए । सहयोग माग्न आउने संस्थाहरुलाई दामासाहीले रकम बाड्ने भन्दा पनि पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने खालका योजना बोर्ड आफ्नै सक्रियतामा सञ्चालन गर्नुपर्ने सहभागीहरुको सुझाव थियो ।
साथै संघीय शासन व्यवस्थामा पनि नेपाल पर्यटन बोर्डका नीति कार्यक्रम र बजेट बनाउने तथा कार्यान्वयनका लागि केन्द्रले हस्तक्षेप हुने गरेकामा अवदेखि प्रदेश कार्यालयले स्वायत्त रुपमा कार्यक्रम र बजेट कार्यान्वयन गर्न पाउनुपर्ने अधिकाशं सहभागीको धारणा रहेको थियो ।

कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्ब्न्धित व्यवसायी, सञ्चारकर्मीको उपस्थिति थियो भने सांगीतिक प्रस्तुति समेत राखिएको थियो ।
तस्वीर सौजन्य : सुदर्शन रञ्जित

