स्वरेकमा एम्बुलेन्स सञ्चालनपछि स्थानीयलाई सहज

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारको पहलमा एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।

एम्बुलेन्स नहुदा रातको समयमा विरामी हुँदा होस् या आन्दोलन या बन्दका बेला विरामी हँदा समयमा अस्पताल पु¥याउन नपाएका घटनाहरु स्वरेकी माझ ताजै छन् । यद्यपि असार देखि स्वरेकमा एम्बुलेन्स गुड्न थालेपछि स्थानीयलाई सहज भएको हो ।

यसैवीच नेपाल सरकारले देशका एक सय पर्यटकीय क्षेत्र घोषणाामा स्वरेकलाईपनि समेटे पछि स्वरेकमा एम्बुलेन्स अति आबश्यक रहेको प्रमाणित भएको नमुना स्वरेक सहयोगी समाज स्याङजाका संरक्षक भेषराज पराजुलीले बताउनुभयो ।

समाजका अध्यक्ष घनश्याम पाण्डेयले एम्बुलेन्स संचालनले विरामीलाई छिटो छरितो अस्पताल पु¥याउन पाइएकोले स्थानीय हर्षित भएकोे बताउनुभयो । पाण्डेयले एम्बुलेन्सको सेवा आफुहरुले सोचे भन्दापनि बढि प्रयोग भएको बताउनुभयो ।

समाजका सचिव इन्द्र प्रसाद पराजुली (नबराज)ले विरामी लिएर अस्पताल जादा अन्य गाडीमा जादा बाटोमा जाममा पर्दा विरामीलाई बेलैमा अस्पताल पु¥याउन नसकेको भन्दै एम्बुलेन्समा अक्सीजनपनि हुने र विरामीलाई आरमदायि तरिकाले अस्पताल पु¥याउन सकिने हुदा सहज भएको बताउनुभयो ।

एम्बुलेन्स प्रयोग गरेका विरामीहरुले यात्रामा सहजता भएको प्रतिक्रिया दिने गरेको चालक ठाकुर प्रसाद पंगेनीले बताउनु भयो । एम्बुलेन्सको चालकको रुपमा सेवा गर्नपाएकोमा आफुलाई खुशीलागेको पंगेनीको भनाई छ । स्वदेश विदेशमा रहेकाहरुको सक्रियतामा स्वरेकमा एम्बुलेन्स सञ्चालनमा आएको हो ।

Facebook Comments