बाटोमा भेटिएको नगद प्रहरीलाई बुझाइयो
पोखरा ड्यासाइडका विक्रम पौडेलले आफूले भेटेको नगद जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभएको छ । पोखरा उद्योग बाणिज्य संघको कार्यालय गैह्रापाटन अगाडि आफूले भेटेको नगद २४ हजार प्रहरीलाई बुझाएको पौडेलले जानकारी दिनुभयो ।
सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर लिन सक्ने उहाँको भनाई रहेको छ ।
सम्बन्धित व्यक्तिले प्रमाणसहित दावी गरेमा फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रबिन्द्रमान गुरुङले जानकारी दिनुभयो ।
Facebook Comments

