रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकका लागि २३ हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकका लागि झण्डै २४ हजारको आवेदन परेको छ । ७५३ जना रोजगार संयोजक माग भएकोमा जम्मा २३ हजार ९ सय ६८ जनाले आवेदन दर्ता गराएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रदेश अनुसार आवेदन दिनेकाे संख्या

प्राप्त कूल आवेदनमध्ये ५ हजार ८ सय ५ जना आवेदकहरुले आफ्नो ईमेलमा गई आवेदन भेरिफाई नगरेको पाइएको श्रम मन्त्रालयले जनाएको छ । तोकिएको समयसीमाभित्र आवदेन दिएका तर भेरिफाई नगरेका आवेदकहरुलाई १९ गते राती १२ बजेसम्म प्रमाणित गर्न सक्ने व्यवस्था गरिएको छ । भेरिफाई नभएका आवेदकहरुको सूची वेभसाइटमा समेत प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।

प्राप्त दरखास्तहरुको तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पदसंख्याको तीनगुणा बराबर आवेदकहरुको योग्यताक्रमको प्रारम्भिक सूची आजका मितिले १० दिनभित्र तयार हुनेछ । प्रारम्भिक सूची अनुरुप कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट धधध.ऊभउ.नयख.लउ मा सूचना सार्वजनिक गरिनेछ ।

Facebook Comments