चितवनकाे कालिका नगरपालिका वडा ३ काे कार्यालयमा आगजनी
चितवन जिल्लाकाे कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
वडा कार्यालयमा शुक्रबार विहान ३ बजेतिर अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगजनीबाट कार्यालय भित्र रहेको कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका महत्वपूर्ण सामाग्री जलेर नष्ट भएको छ ।
कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टिकाराम रिजालले जानकारी दिनुभयाे ।
प्रहरीले स्थानीय समुदाय समेतकाे सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा लिन सफल भएकाे जनाएकाे छ ।
आगजनी कसले गरेको भन्नेबारे केहि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments

