मेलम्चीकाे पाइप सफा गर्दा २ जना मजदुरकाे मृत्यु

मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।

काठमाडौं-१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र साहका सहोदर भाई २० वर्षीय शिवराम साहको मृत्यु भएको हो ।

पाइपभित्र पसेर काम गर्ने क्रममा उनीहरू फसेका थिए । फसेका दुवै जनाको उद्दार गरेर शिक्षण अस्पताल लगिएको थियो ।

उपचारको क्रममा दुवै जनाकाे मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

Facebook Comments