अन्तरलायन्स क्विज प्रतियोगिता सम्पन्न, आदर्शलाई उपाधि

अन्तरलायन्स क्विज प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा आदर्शले जितेको छ । शनिबार पोखरामा भएको फाइनल प्रतिस्पर्धामा अन्य ६ क्लबलाई पछि पार्दै पोखरा आदर्शले उपाधि रक्षा गरेको हो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले आयोजना गरेको प्रतिस्पर्धामा लायन्स क्लब अफ बागलुङ पञ्चकोट द्वितीय र तनहुँ व्याससिटी तृतीय भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले लायन्स सदस्यहरुको अध्ययन क्षमता बढाउन प्रतियोगिता सहयोगी बनेको उल्लेख गर्नुभयो ।

क्विज कन्टेष्ट कमिटि चियरपर्सन विष्णु बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याबिनेट सेक्रेरी राम बसेल, पिआरओ परमेश्वर बराल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments