थोक व्यवसायी संघको अध्यक्षमा टामलाल घिमिरे चयन
थोक व्यवसायी संघ कास्कीको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेसनले टामलाल घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा लेखनाथ सुवेदी, द्वितिय उपाध्यक्षमा हरिप्रसाद भट्टराई महासचिवमा प्रेमप्रसाद सुवेदी, सचिवमा नेत्र सुवेदी, कोषाध्यक्षमा दिपक कुँवर, सदस्यहरुमा ईवराज रेग्मी, उषा तिमिल्सिना, महेन्द्र पौडेल, मिरोजनारायण जोशी, महादेव सापकोटा चयन हुनुभएको छ ।
संघले व्यवसायिक हक हितका साथै थोक व्यवसायीलाई पर्ने समस्या समाधानका लागि सहजीकरण गर्ने नवनिर्वाचित अध्यक्ष टामलाल घिमिरेले उल्लेख गर्नुभयो । साथै उहाँले व्यवसायिक कप्लेक्श निर्माणका लागि समेत पहल गर्ने बताउनुभएको छ ।
Facebook Comments

