पोखरामा लायन्स क्लवद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ बि १ नेपालमा आवद्ध क्लबहरुको संयुक्त पहलमा तथा गोर्खाली इन्जिनियरिङ बिद्यार्थी समाज पोखराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लामाचौर स्थित पश्चिमाञ्चल इन्जिनियरीङ अध्ययन संस्थानको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमूख अतिथि डिस्ट्रीक घद्दछद्यज्ञका डिस्ट्रीक गभर्नर लायन अशोक कुमार श्रेष्ठ, विशेष अतिथि डिस्ट्रिक चिफ पिआरओ लायन परमेश्वर बराल, एनएलएफ चिफ मिलन थापा, जोन चेयरपर्सन पुजन शाक्य लगायतले रक्तदान जस्तो सामाजिक कार्य संयुक्त रुपमा गरेको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा ६५ युनिट रगत संकलन भएको थियो । कार्यक्रम सञ्चालन लायन्स क्लब अफ पोखरा दर्शनका अध्यक्ष लायन सन्जु भण्डारीले गर्नुभएको थियो भने र स्वागत लायन्स क्लब अफ गण्डकी दोभानका अध्यक्ष लायन लता कुवँरले गर्नुभएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, लायन्स क्लब अफ पोखरा डल्फिन, लायन्स क्लब अफ गण्डकी दोभान, लायन्स क्लब अफ पोखरा सुन्दर नगरी तथा लायन्स क्लब अफ पोखरा दर्शनले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

Facebook Comments