जग्गा प्रदान गर्ने भण्डारी सम्मानित

लोकतान्त्रिक युवा समाज तनहुँले कल्याणबाबु भण्डारीलाई सम्मान गरेको छ । पोखरा महानगरपाकिला वडा नं. २९ निवासी भण्डारीले लोकतान्त्रिक युवा समाज तनहुँको भवन निर्माणका लागि ४ आना जग्गा दान गर्नुभएकाले उहाँलाई सम्मान गरिएको हो ।

उहाँले पृथ्वीराजमार्गको चापाघाट चोकमा रहेको चार आना जग्गा समाजको भवन निर्माणका लागि रजिष्ट्रेसन पार गरी प्रदान गर्नुभएको हो । लोकतान्त्रिक युवा समाज व्यास नगरपालिका ५ को आयोजनामा तनहुँमा भएको एक दिने युवाहरुको नेतृत्व विकास एवं प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनताको भावना विपरीत र विकास विरोधी कार्य गरिरहेको बताउनुभएको थियो । उहाँले सडक र सदन दुवै स्थानबाट सरकारका अलोकतान्त्रिक गतिविधिको भण्डाफोर गर्ने समेत बताउनुभयो ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, संवैधानिक आयोगमा नियुक्ति लगायतका विषयलाई लिएर आगामि २१ गते प्रदर्शन गर्न लागिएको पनि प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।

Facebook Comments