पाेखरा ल्याउँदै गरेका च्याङ्ग्रामाथि बाघकाे आक्रमण
बडा दशैंका लागि पाेखरा तर्फ व्यापारीले च्याङ्ग्रा ल्याउने क्रममा लुम्लेमा बाघले आक्रमण गरेकाे छ ।
कास्की जिल्लाकाे अन्नपुर्ण गाउपालिकाको लुम्लेमा बुधबार राति बाघको आक्रमणमा परेर १५ च्याङ्ग्रा मरेका छन् ।
दुई च्याङ्ग्रा घाईते भएको संचारकर्मी श्रीभद्र पौडेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे छ । बाघ आक्रमणका कारण व्यापारीलाई चार लाख बढी क्षति भएको बताइएकाे छ ।
तस्वीर श्रीभद्र पाैडेलकाे फेसबुकबाट
Facebook Comments

