पोखरामा शिखर सुजको मेला शुरु
पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र बिहिबारदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले मेलाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रसाईले मेलामा सुपथ मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध गराइने बताउनुभयो ।
‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ–प्रसाईंले भन्नुभयो ।’ पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । ‘शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका उपयुक्त स्थल हुने र सुपथ मुल्यमा उपलब्ध हुने ।
सम्भवत पोखरामा यस्तो अबसर फेरि नआउन पनि सक्छ ।’ पत्रकार सम्मेलनमा प्रसाईंले भन्नुभयो । मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

