पत्रकार महासंघ कास्कीमा केन्द्रीय साधारणसभाको तयारीबारे छलफल

नेपाल पत्रकार महासंघ कास्की शाखामा महासंघको केन्द्रीय साधारणसभा व्यवस्थापनका विषयमा छलफल भएको छ । पोखरामा आगामि २०७५ साल फागुन ९ र १० गते हुने केन्द्रीय साधारणसभा तथा विधान अधिवेसनको विषयमा छलफल गरिएको छ ।

व्यवस्थापनको जिम्मेवारी कास्की शाखामा रहेकाले त्यसको आवास तथा खाना व्यवस्थापन, आतिथ्यता, कार्यक्रम स्थल व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको हो । देशभरका पत्रकारहरु साधारणसभाका लागि पोखरा आउने भएकाले पनि यसको राम्रो व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार महासंघले निर्वाचन प्रणाली परिवर्तन गर्ने तयारी गरेकाले पनि यो साधरणसभा र विधान अधिवेसनलाई महत्वका साथ हेरिएको छ ।

Facebook Comments