रोटरी क्लब अफ पोखरा मिड टाउनको १८ औं पदस्थापना
रोटरी क्बल अफ पोखरा मिड टाउनको १८ औं पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भयो । बर्ष २०१८/१९का अध्यक्ष सन्तोष पोखरेलले एक कार्यक्रमको बीच आफ्नो पद बर्ष ०१९/२०का अध्यक्ष विनोद हेजुलाई पद हस्तान्तरण गरी पदस्थापन गराउनुभएकाे थियाे ।
कार्यक्रममा असिस्टेन्ट डिष्ट्रिक्ट गभर्नर मिनु कुँवरले अध्यक्ष विदोन हेजुलाई पद तथा गोपनियताको सपथ गराउनुभएकाे थियाे । अध्यक्ष हेजुले पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएकाे थियाे ।
अध्यक्ष विनोद हेजुको नेतृत्वमा बनेको रोटरी क्लब अफ पोखरा मिड टाउनको आइ पी पी मा सन्तोष पोखरेल रहनुभएकाे छ । प्रेसिडेन्ट इलेक्टमा जयमोहन भट्टराई, भाइस प्रेसिडेन्टमा दीलिप शर्मा र रवीन्द्रनाथ बाँस्तोला, सचिवमा सोनी ढेवाजू, कोषाध्यक्षमा शान्ति श्रीस, सहसचिवमा बिष्णु गुरुङ्ग रहनुभएकाे छ ।
त्यसैगरी निर्देशकहरुमा संगीता तिमिल्सिना, महेन्द्र गोदार, सूर्यनारायण बराल, शान्तराज बतास, केशव आचार्य रहनुभएकाे छ । त्यस्तै क्लबको सर्जेन्ट एट आर्ममा धु्रब कुँवर, क्लब डाइरेक्टरमा सुन्दर गुरुङ्ग, क्लब ट्रेनरमा रामचन्द्र पौडेल र क्लब मनिटरमा रत्नमान गुरुङ्ग रहनुभएकाे छ ।
बुधबार आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले क्लबको स्मारिका विमोचन गर्दै रोटरी क्लब अफ पोखरा मिड टाउन उत्कृष्ट क्लब रहेको बताउनुभयाे ।
कार्यक्रममा डिष्ट्रिट नोमिनी सन्तोष रिजाल, एसिस्टेन्ट गभर्नर मिनु कुँवरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने हरिश्वर पोखरेललाई यस बर्षको भोकेसनल अवार्ड प्रदान गरिएको थियो ।
उत्कृष्ठ शिक्षा हाँसिल गर्ने सदस्यका छोराछोरी र नयाँ प्रवेशी रोटरीयनहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा रोटरियन दीलिप शर्मा, जयमोहन भट्टराई, व्यवसायी हरिश्वर पोखरेल, निवर्तमान अध्यक्ष सन्तोष पोखरेल र महेन्द्र गोदार, हेमराज बराल, रत्नमान गुरुङ्गले मन्तव्य व्यक्त गरेका थिए ।

