फ्रान्समा प्रहरी मुख्यालयकै कर्मचारीद्वारा प्रहरीमाथि चक्कु प्रहार

फ्रान्सको राजधानी प्यारिसस्थित प्रहरीकाे मुख्यालयमा काम गर्ने कर्मचारीले प्रहरीमाथि चक्कु प्रहार गर्दा ४ जनाकाे मृत्यु भएकाे छ ।

चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना प्रहरी अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र साेही घटनामा प्रहरीले गोली हानी मारिदिएको बताइएको छ।

प्यारिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।

एकदिन अघिमात्र फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेका थिए ।

फ्रान्सेली प्रहरी

आक्रमणकारीको नाम खुलाइएको छैन। घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

Facebook Comments